Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

एमाले वार्ता टोलीको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित

2021-07-10 03-07 | Hamro Biratnagar                  

A+ A A-

एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन अचानक स्थगित भएको छ ।

अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा पार्टीको निर्देशनपछि स्थगित भएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिबारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।


सम्बन्धित खबर