Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

कोभिडका कारण लामो समय बन्द रहेको सुकेटार विमानस्थलमा जहाज अवतरण

2021-07-10 03-07 | Hamro Biratnagar                  

A+ A A-

फुङ्लिङ, २६ असार : कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो ।

ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताउनुभयो । निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो ।

गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताउनुभयो । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुल बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय