Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

काठमाडौंमा अवैध रुपमा बनाइएको ठूलो परिमाणको घरेलु मदिरा नष्ट

2021-07-10 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले खटिएको प्रहरी टोलीले अवैध रुपमा बनाइएको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेका छन् ।

काठमाडौं महानगरपालिका – ६ नागेश्वरी र गोकर्णेश्वर नगरपालिका – ६ मा अवैध रुपमा बनाइएको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरी टोलीले २५० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने ११ हजार ५० लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ ।

प्रहरी वृत्त बौद्धका अनुसार उक्त स्थानबाट २०० लिटरको ड्रम ५५ थान, चुल्हो ३ थान, भट्टा ३ थान र ग्यास सिलिण्डर १ थानसमेत बरामद गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय