Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

लागुऔषध मुद्धाका फरार मोरङका लक्ष्मण सार्कीसहित दुई जना पक्राउ

2021-07-10 06-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, असार २६ : सम्मानित सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी २ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी(३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन । फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो ।

पक्राउ परेका लक्ष्मणलाइ सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए ।

यसै गरी पक्राउ परेका अर्का बिकाशलाई पनि सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार रहदै आएका थिए । फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय