Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

2021-07-10 06-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता नेपालले सहमति जुटाइसकेका कार्यदलका आफू निकट सदस्यहरुलाई बोलाउनु भएको हो ।

नेपालको निर्देशनपछि एमाले कार्यदलमा माधव नेपाल पक्षका नेताहरु बैठकबाट केही बेरमै बाहिरिनु भएको छ । अनौपचारिक छलफल गरेर उहाँहरु माधव नेपाललाई भेट्न कोटेश्वर जानुभएको हो । नेपालसँग छलफल गरेपछि पुनः बैठकमा आउने जानकारी नेताहरुले दिनुभएको छ।

प्रचण्डको कुरा मानेर माधवले आज पनि सहमतिको खाका बाहिर नल्याउन कार्यदल सदस्यहरुलाई निर्देशन दिएको बताइएको छ । एकता भाँडन माधवले बिधान भन्दा बाहिर गएर दुई पार्टीबीचको एकता जस्तै भागबण्डा खोज्नुभएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय