Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

कार दुर्घटना हुँदा विराटनगरका हार्डवेयर व्यवसायीको मृत्यु, चार जना घाइते

2021-07-11 11-07 | Hamro Biratnagar                  

- तस्बिर : किशोर बुढाथोकी -
A+ A A-

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति कार दुर्घटना हुँदा विराटनगरका हार्डवेयर व्यवसायीको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। घाइते भएकाहरुको विराट र न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेका उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११ ४५ बजेतिर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन्। प्रहरीका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन्। घाइतेमध्ये विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय