Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित सुनसरीबाट ४ जना पक्राउ

2021-07-11 11-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरीको ईटहरी उपमहानगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।

उक्त स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका १२ घर भई ईटहरी उप महानगरपालिका ५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी ५ का १६ बर्षीय १ बालक र ईटहरी ४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् ।

निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद रु २००० समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ बर्षीय बिबेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आए संगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।


सम्बन्धित खबर