Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

एक हप्तापछि लयमा फर्कियो शेयरबजार, खुलेको डेढ घण्टामा ५५ अंकको वृद्धि

2021-07-11 01-07 | Hamro Biratnagar                  

A+ A A-

एक हप्ता करेक्सनपछि साताको पहिलो दिन शेयरबजार लयमा फर्किएको छ । आइतबार कारोबार खुलेको डेढ घण्टामा ५५ दशमलव ५४ अंकले नेप्से बढ्दा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्ने क्रममा छन् ।

यो समाचार तयार पार्दासम्म सूचक बढेर २८८० दशमलव ६४ अंकमा नेप्से पुगेको छ भने २ सय १३ कम्पनीको २ अर्ब ६० लाख रुपैयाँबराबरको शेयर किनबेच भइसकेको छ ।

लामो समय राताम्मे बनेको बजारमा यो साता सुधार देखिनासाथ गुराँस फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको क्रमश: १ सय ३ र ४१ रुपैयाँले शेयर मूल्य बढेर सकारात्मक सर्किट लागिसकेको छ ।

योसँगै अरु दुई कम्पनी पनि पोजिटिभ सर्किंटको तरखरमा देखिएका छन् । यी दुवै कम्पनीको ९ प्रतिशतभन्दा धेरैले शेयर मूल्य बढिसकेको छ ।

यतिखेरसम्म एनआईसी एसिया बैंकमा लगानीकर्ताको चाप बढेको छ भने बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको चाप बढेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय