Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको अवस्थामा फेला

2021-07-11 01-07 | Hamro Biratnagar                  

A+ A A-

जनकपुरधाम : महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ ।

आइतबार प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरिरहेको छ ।

प्रहरीका अनुसार निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको छ । शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ । प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ ।

सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ । हत्या आरोपमा श्रीमान मुकेश र देवर पक्राउ परेका छन् भने ससुरा अझै फरार छ ।

केही दिन अघि सुजिताको हत्या भएको खुल्ने केही प्रमाणहरू घर नजिकैको खेतमा भेटिएको थियो । माइती पक्षले हत्याको शंका गरेपछि सुजिताको शवलाई खेतबाट ल्याएर शौचालयको ट्याङ्कीमा गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय