Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

ट्वाइलेटको सेप्टिक ट्यांकमुनि खाल्डो खनेर ढलान गरिएको अवस्थामा भेटियो सुजिताको शव

2021-07-11 02-07 | Hamro Biratnagar                  

A+ A A-

घरायसी विवादमा हत्या गरिएकी महोत्तरीको लोहरपट्टी नगरपालिका– ७,  भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ ।

गत १९ जेठदेखि बेपत्ता भएकी उनको आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्याङ्कबाट बरामद भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

‘उनको आफ्नै ससुराको जग्गामा रहेको सेप्टिक ट्याङकको पिँधमा खाल्डो खनेर गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको छ,’ उनले भने ।

शव फेला परेको स्थानदेखि करिब १ किलोमिटरको दूरीमा रहेको खेतमा केही दिनअघि मात्र अवशेष फेला परेको थियो । त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी विष्टले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय