Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

विर्तामोडमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

2021-07-12 11-07 | Hamro Biratnagar                  

A+ A A-

झापा, २८ असार : विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो ।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय