Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

मोरङको सुन्दरहरैँचामा बसबाट हामफालेर ओर्लिन खोज्दा यात्रुको मृत्यु

2021-07-12 12-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँस्थित सडकमा गुडिरहेको यात्रुबहाक बसबाट हामफालेर ओर्लिन खोज्दा आइतबार साँझ एक जनाको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमनकुमार तिमल्सिनाका अनुसार आफूले यात्रा गरिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा लडेर ओखलढुङ्गा घर भइ सुन्दरहरैँचा(७ मा बस्दै आएका २७ वर्षीय दीपेन कट्टेलको मृत्यु भएको हो। पूर्व(पश्चिम लोकमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको को १ ख ७८२९ नम्बरको बसबाट कट्टेलले हामफालेको तिमल्सिनाले बताए।

नरोकिएकै अवस्थामा सडकमा गुडिरहेको बसबाट हामफालेर ओर्लन खोज्दा लडेर साँझ ६स्१० बजेतिर उनी गम्भीर घाइते भएका थिए। तिमल्सिनाका अनुसार कट्टेलको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा साँझ ७:४० बजेतिर मृत्यु भएको हो।

बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका ९ का ३० वर्षीय दीपक रेग्मीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय