Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

माछा मार्ने क्रममा मोरङको मिक्लाजुङमा डुबेर एक पुरुषको मृत्यु

2021-07-12 12-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

विराटनगर : माछा मार्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थित बेतेनी सिमसारको पोखरीमा डुबेर आइतबार साँझ एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार पोखरीमा माछा मार्ने क्रममा डुबेर मिक्लाजुङ(३ का ५० वर्षीय आशबहादुर लिम्बूको मृत्यु भएको हो। माछा मार्नलाई भनेर पोखरीमा छिरेपछि लिम्बू आइतबार दिउँसो ३स्३० बजेतिर डुबेर बेपत्ता भएका थिए।

सिमसारमा डुबेर बेपत्ता भएपछि नेपाली सेनाको गोताखोर टोलीले साँझ शव फेला पारेको हो। घटनाको इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान थालेको छ।


सम्बन्धित खबर