Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

2021-07-12 12-07 | Hamro Biratnagar                  

A+ A A-

सिराहामा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित औरही गाउँपालिका– २ का सुजितकुमार यादवलाई पक्राउ गरेको छ ।

सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार उनको साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर