Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

2021-07-12 12-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ ।

सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘कार्यदलस्तरमा १०बुँदे सहमति भएसँगै अब पार्टीभित्रको विवाद अन्त्य भएको छ । स्थायी कमिटीको बैठकले सहमतिलाई अनुमोदन गरेपछि औपचारिक रूपमा एकता हुनेछ,’ उनले भने ।

उनका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य पनि सहभागी हुनेछन् ।

स्थायी कमिटीको बैठकबारे अध्यक्ष ओलीले सोमबार बिहान महासचिव ईश्वर पोखरेल र माधव नेपालनिकट नेताहरूसँग छलफल गरेका थिए ।

यसअघि कार्यदलको बैठक लम्बिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझका लागि बोलाएको स्थायी कमिटी बैठक सोमबार साँझलाई सारेका थिए ।


सम्बन्धित खबर