Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मोरङमा साउन ७ गतेसम्म निषेधाज्ञा थप : सबै प्रकारका सवारीसाधन खुल्ने

2021-07-12 05-07 | Hamro Biratnagar                  

A+ A A-

मोरङमा हाल जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर थप गरिएको छ । सोमबार बसेको डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई साउन ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

मंगलबारबाट साउन ७ गतेसम्म थप गरिएको निषेधाज्ञा अवधिमा रातको ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जिल्लाभर सबै सवारी साधन  सञ्चालन खुला गरिएकाे छ ।

जिल्लामा अत्यावश्यक रहेका पसल, व्यवसायहरु सञ्चालन हुने छन् । जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न भने रोक लगाईएको छ ।


सम्बन्धित खबर