Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

ओलीले मध्यरातमा चाल्न सक्छन् यी तीन कदमः संकटकालदेखि राजालाई सत्ता हस्तान्तरणसम्म

2021-07-12 07-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार अप्रत्यासित फैसला आएसँगै प्रधानमन्त्री केपी ओली आफूले चाल्नसक्ने कदमको खोजीमा लागेका छन् । अमेरिकी तथा पश्चिमाहरूको समर्थनमा सर्वोच्च अदालतबाट विशेष खालको फैसला भएसँगै विशेषगरी चिनियाँ सशंकित भएको जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीलाई सत्ता लम्ब्याउन दिने कुनै बाटो नराखी आज सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश भएपछि चिनियाँहरू झस्किएका हुन् ।

संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाएपछि लामो समयदेखि अडकिएको अमेरिकी संस्था एमसीसीको प्रस्ताव पनि संसदबाट पास गर्न सकिने पश्चिमाहरूको विश्वास देखिन्छ । आजको फैसलाले नेपालमा पनि म्यानमारमा जस्तै सैनिक शासनको संकेत पनि देखिएको छ ।

विशेष कदम चाल्दा मध्यरात कुर्ने गरेका प्रधानमन्त्री केपी ओलीले आजै राति विशेष कदम चाल्नसक्ने देखिएको छ । विश्लेषकहरूका अनुसार घेराबन्दीमा परेका ओलीले चाल्नसक्ने तीन विकल्पमा संकटकाल, राष्ट्रपति शासन वा राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण हुनसक्ने देखिन्छ । म्यानमारमा जस्तै सेना आफैले सत्ता कब्जा गर्नसक्ने संभावना कम देखिए पनि सेनाको समर्थन पाए ओलीले यी तीन कदममध्ये एक चाल्नसक्ने संभावना भने रहेको छ ।

अदालतको फैसलाकै दिन अमेरिकाले आजै १५ लाखभन्दा बढि कोरोनाविरुद्धको खोप नेपाललाई अनुदान दिनु पनि अर्थपूर्ण देखिन्छ । यसअघि चीनले अनुदानको बाहेक ४० लाख डोप खोप नेपाललाई बिक्री गर्न सहमत भई पहिलो चरणको नेपाल आइसकेको छ ।

नेपालमा दुई शक्ति ध्रुवहरू चीन र अमेरिकाको चासो बढिरहेको बेला अदालतबाट अनपेक्षित फैसला आएको छ । अदालतको फैसलामा देउवाले विश्वासको मत लिनुनपर्नेदेखि माधव नेपाल पक्षका साँसदलाई कारवाही गर्न नमिल्ने मंगलबार बेलुकीसम्म देउवालाई प्रधानमन्त्री बनाइसक्नुपर्ने जस्ता निर्देशन पनि आएको छ । यद्यपि ओलीले त्यति ठूलो कदम अब चाल्नसक्ने संभावना नरहेको धेरैको बुझाई छ ।

पछिल्लो राजनीतिक घट्नाक्रमले नेपाल थप मुठभेड र विदेशीहरूको क्रिडास्थलको रुपमा परिणत हुने जोखिम बढ्दै गएको छ । यसअघि संसद पुनःस्थापना गरेर प्रधानन्यायाधीस चालेन्द्रशम्शेर राणा एक्कासी अमेरिका हिंडेकाले पनि उनी अमेरिकनसँग नजिक रहेको अडकल गरिएको छ । देउवा पहिलेदेखि नै पश्चिमाहरूको विश्वासपात्रको रुपमा चिनिदै आएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अमेरिकासँग सम्वन्ध सुधार गरी श्रीमती सीतालाई उपचार गर्ने नाममा अमेरिका घुमेर आइसकेका छन् । कर्पोरेट नेपालबाट साभार


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय