Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

विपक्षी गठबन्धनबाट औपचारिक रूपमै बाहिरिए माधव नेपाल

2021-07-12 07-07 | Hamro Biratnagar                  

A+ A A-

२८ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई बधाई दिएर औपचारिक रूपमा बाहिरिएको छ ।

सोमबार भएको विपक्षी गठबन्धनको बैठकमा देउवालाई बधाई दिँदै माधव नेपालले अब एमालेको मोर्चा बलियो बनाउन लाग्ने बताउनुभएको थियो । बैठकपछि एमाले नेता रघु पन्तले सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै अब गठबन्धनमा नरहेको बताउनुभयो ।

बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराउनु भएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय