Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

गछिया खोलामा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

2021-07-12 08-07 | Hamro Biratnagar                  

A+ A A-

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेवको शव घरनजिकै गछिया खोलामा अर्धनग्न अवस्थामा फेला परेको छ ।

सोमबार बिहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली कम्मरमुनि भित्री वस्त्र मात्र लगाएको अवस्थामा शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घटना शंकास्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिइएको छ ।

आइतबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झगडा भएको जानकारी पाएपछि प्रहरीले मृतक महिलाका श्रीमान मन्जेलाई नियन्त्रणमा लिएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय