Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

विराटनगरमा सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन

2021-07-12 08-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमाले केपी ओली समर्थित जनवर्गीय संगठनहरुले विराटनगरमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेका छन् ।

ओली निकट विद्यार्थी संगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ मोरङले सोमबार विराटनगरमा आन्दोलन गरेका हुन् ।

आन्दोलनकारीहरुले संविधानको सर्वोच्चता कायम गर्नुपर्ने भन्दै मैनबत्ती बालेर संविधान पढेका थिए । उनीहरुले अदालतको सबै फैसला मानदिनलगायतका नारा लगाएका थिए ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।


सम्बन्धित खबर