Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ

2021-07-12 09-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्चको फैसला सेटिङमा आएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामा जहानीया शैली देखिएको टिप्पणी गरेका छन् ।

फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार माइतीघरमा गरेको विरोधसभामा बोल्दै उनले न्यायालयभित्र बसेर राणाले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौती दिए ।

बस्नेतले भने ‘आज सर्वोच्च अदालतले फैसला गर्‍यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदहरूलाई कारवाही गर्न पाउँदैन । सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र शमशेरलाई चुनौती दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाईं एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।’

देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफैं प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न प्रधानन्यायाधीश तयार भएको उनको टिप्पणी थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय