Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

आजदेखि चीन र अमेरिकाबाट ल्याइएको खोप लगाइदै, कसले पाउछन् खोप ?

2021-07-12 11-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २९ असार  आजदेखि चीन र अमेरिकाबाट ल्याइएको खोप लगाइने भएको छ । चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल र अमेरिकाबाट आएको १५ लाख डोज खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल खोप ५५ वर्षभन्दा माथिका उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक  र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेकालाई लगाइने भएको छ ।  खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउनेछन् ।

जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ । सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन् । विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।  विदेश जान लागेकाको हकमा पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउने मन्त्रालयले उल्लेख गरेको छ ।


सम्बन्धित खबर