Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

2021-07-13 11-07 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनी बालुवाटार छोडेर बालकोट जानेछन्।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गरेर बालुवाटार छोड्ने तयारी गरेका हुन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय