Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मोरङमा आजबाट सार्वजनिक गाडी सञ्चालन हुने थाले

2021-07-13 12-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङमा आजबाट सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको नेतृत्वमा हिजो बसेको बैठकले आजदेखि सबै प्रकारका सार्वजनिक गाडीलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मोरङमा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै जोर बिजोर नम्बरका आधारमा सञ्चालनमा आइसकेका छन् ।

यस्तै मोरङमा लागू भएको निषेधाज्ञा साउन ७ गतेसम्मका लागि थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।


सम्बन्धित खबर