Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

विदेश जान लागेकाहरुले पनि पाउने भए कोरोना विरुद्धको खोप

2021-07-13 03-07 | Hamro Biratnagar                  

प्रतीकात्मक तस्वीर
A+ A A-

वैदेशिक रोजगारीमा जान ठिक्क परेकाहरुले पनि कोरोना विरुद्धको खोप पाउने भएका छन्। खोप अनिवार्य गरेका देशमा जाने नेपालीलाई भोलि बुधबारदेखि भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ। सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागेको हो।

पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन्।


सम्बन्धित खबर