Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

नेप्से १६.३४ अंकले बढ्यो, ५ अर्ब ५४ करोडको कारोबार

2021-07-13 04-07 | Hamro Biratnagar                  

A+ A A-

२९ असार, काठमाडौँ । मंगलबार नेप्से सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ मा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.७४ अंकले बढेर ५३९.५१ मा पुगेको छ ।

आज दिनभर २ सय २३ कम्पनिको १२ करोड ३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५३ हजार १ सय ३९ पटक किनबेच हुदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँको कारोबार भएको छ ।

जिवनविमा समुह बाहेक सबै समुहका लागानिकर्ताले आज कमाएका छन । आज सबैभन्दा बढि फाइनान्स समुह ९३.७८ अंकले बढेको छ भने विकास बैंक समुह ७०.३३ अंकले बढेको छ । त्यसैगरी माइक्रोफाइनान्स समुह ३३.९३ अंकले बढेको छ । आज निर्जिवन विमा समुह मात्र ६६.१९ अंकले घटेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय