Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

जाँदाजाँदै ओलीको घोषणा : सबै नेपालीलाई पुग्ने खोपको प्रबन्ध गरिसकेका छौँ

2021-07-13 04-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सबै नेपाली जनतालाई पुग्नेगरी कोरोनाविरुद्धको खोप आपूर्तिको प्रबन्ध गरिसकेको जनाएका छन् ।

मंगलबार बालुवाटार छोडदै गर्दा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया अघि बढिसकेको बताए ।

उनले सम्बोधनमा भने, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।

त्यस्तै, बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको ओलीले बताए । उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए ।

सोमबार मात्रै अमेरिकाबाट अनुदानस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय