Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

शीतल निवासको नियुक्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

2021-07-13 07-07 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहोरा नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । अहिले बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ बसेको शीतल निवास देउवा नगएपछि अन्योलमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरि सर्वोच्चको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गरिएको ब्यहोरा उल्लेख गर्नुभएको थियो । तर राष्ट्रपतिले पूर्वाग्रह राखेर संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

राष्ट्रपति भण्डारीले देउवालाई संविधानअनुसार नियुक्त भएको उल्लेख गर्नुभएको छैन । देउवालाई सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित खबर