Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला रिहा

2021-07-13 07-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने रु। एक लाख धरौटी माग गरिएको बताइएको छ । त्यसोत, यस अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई अभद्र ब्यवहार सम्बन्धी कसुरमा रु। १०÷१० हजार धरौटी माग गरेको थियो ।

पुरानो साथी खुश्बु घिमिरेलाई कुटपिट गरेपछि प्रहरी वृत्त, गौशालामा ज्वाला संग्रौलाविरुद्ध किटानी जाहेरी परेको थियो, त्यसपछि उनी यही असार ६ गते पक्राउ परेकी थिइन् ।

उनी पक्राउ पर्नु केही दिन अगाडि मात्रै पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दुव्र्यवहार गर्नुका साथै सरुवा गराइदिने धम्की समेत दिएकी थिइन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय