Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

रङ्गेलीमा नवजात शिशु जिउँदै गाडिएको अवस्थामा फेला, परिवारकै सदस्यबाट हत्या

2021-07-13 08-07 | Hamro Biratnagar                  

A+ A A-

मोरङको रंगेली  नगरपालिका वडा नम्बर  ५ आमगाछीमा परिवारकै सदस्यहरुबाट नवजात शिशुलाई जिउँदै गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

अरुण मण्डलको २८ बर्षकी  श्रीमती  खुश्बु मण्डलले आफ्नै घरमा जीवितै छाेरी जन्माएकाे अवस्थामा उनी आफैले नवजात शिशुलाई  असार २७ गते राति ८ बजे जिउँदै गाडिएको पाइएको छ।

रंगेली प्रहरीले २८ गते बिहान ११ :३० बजे  खवर प्राप्त भएपछि  प्रहरी निरिक्षक अनमाेल खड्का काे टाेलिले प्रारम्भिक अनुसन्धान गर्दै  खाेज तलास  गर्ने क्रममा  साेहि स्थान मा रहेको  चाँदनी चौक मा रहेका ५० बर्षिय  नागेश्वर मण्डल र निजको श्रीमती उर्मिला मण्डलले संचालन गर्दै आएको टिनको  मदिरा पसल भित्र  खाल्डो खनि गाडिएको  अवस्थामा प्रहरीले नवजात शिशुकाे सव फेला पारेको थियो ।  प्रहरी  लास  काे पाेष्माटका लागि  कोशी अस्पताल पठाएको र थप अनुसन्धान का लागि  वर्ष २८ कि खुश्बु मण्डल,निजको श्रीमान वर्ष २८ को अरुण मण्डल , निजको बुबा वर्ष ५० नागेश्वर मण्डल, निजको आमा बर्ष ४८ की उर्मिला मण्डल समेत लाई नियन्त्रणमा लिई  थप अनुसन्धान भई रहेको  रंगेली प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा निज खुश्बु मण्डलको श्रीमान बैदिशिक रोजगार बाट  २०७७ चैत्र महिनामा घर आएको  र  बच्चा आफ्नो श्रीमानको नभएको कारणले गर्दा गाउँ  समाजमा इज्जत प्रतिष्ठामा आच आउने भएका ले निज खुश्बु मण्डलल ब्लाङ्केटले छोपेर हत्या गरेको स्वीकार गरेको  प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय