Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

बेलबारीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु

2021-07-14 10-07 | Hamro Biratnagar                  

A+ A A-

मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मंगलबार साँझ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारीको भाउन्नेमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

ठक्कर दिने सवारीसाधन यकिन हुन नसकिरहेका बेला मृतकको पनि पहिचान खुलेको छैन। प्रहरीका अनुसार गम्भीर घाइते भएको अवस्थामा ती पुरुषलाई साँझ ७ः३० बजेतिर सडकमा भेटिएको थियो। उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केही बेरमै घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिएजस्तो देखिएपछि दुर्घटना भएको निस्कर्षमा प्रहरी पुगेको हो। प्रहरीका अनुसार दुर्घटना गराउने सवारी साधनको खोजी थाल्दै मृतकको पहिचानको प्रयास भइरहेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय