Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा विराटनगरमा धर्ना

2021-07-14 12-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : आषाढ २९ गतेसम्मको अल्टिमेटम भित्र पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरिएपछि आन्दोलनरत पाँच विद्यार्थी संगठनले वुधवारदेखि देशभरका पेट्रोल पम्प , ढुवानी ट्याङ्कर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल आयल निगम विराटनगर अगाडि पाँच विद्यार्थी संगठनको नेतृत्वले धर्ना दिइरहेको अनेरास्ववियू क्रान्तिकारीका नेता ताजिम अन्सारीले जानकारी दिनुभयो।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् । गत आषाढ २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनविचको वार्ता विफल भएपछि दोस्रो चरणको आन्दोलन शुरु भएको हो ।

विद्यार्थीहरुले विराटनगरका सम्पुर्ण पेट्रोल पम्प, ढुवानी ट्र्याङ्कर र आयल निगम बन्द गरेको छन् ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको आन्दोलनमा नेविसंघ , अनेरास्ववियू (क्रान्तिकारी) , अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेका छन् ।

तस्बीर : करण बोकिम

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय