Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मेरो आदर्शमाथि आक्रमण गर्न खोजियो : भीम रावल (विज्ञप्तिसहित)

2021-07-14 01-07 | Hamro Biratnagar                  

A+ A A-

३० असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले आफ्नो देशभक्ति र जनताप्रति समर्पित जीवन आदर्शमाथि आक्रमण भएको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुअघि भारतीय दूतसँग भेटेको भनेर केही मिडियाले समाचार लेखेपछि उपाध्यक्ष रावलले त्यसको खण्डन गर्नुभएको हो ।

उहाँले विज्ञप्तिमा यस्तो भन्नुभएको छ

प्रेस वक्तव्य

मितिः २०७८/३/३०

असार २७ गतेको मितिमा एउटा अनलाईन खवरले गत २० गते मैले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधिसंग साँझ ६ बजेदेखि ९ बजेको बीचमा होटल मेरियटमा भेटेको कथित उच्च सुरक्षा सूत्रको स्रोतले पुष्टि गरेको भन्दै मनगढन्ते समाचार लेखेको देख्दा आश्चर्यचकित भएको छु । त्यो दिन साँझ ६ बजे म र रघुजी पन्त माधव कुमार नेपालजीको निवासमा थियौ ।

हामीले कुरा गरिरहेको समयमा विष्णुप्रसाद पौडेलजीको मलाई फोन आयो । उहाँको फोन आएको कुरा उहाँहरु दुवैजनालाई जानकारी गराए । विष्णुजीले बालुवाटारमा प्रधानमन्त्रीले कुरा गर्न खोज्नुभएको छ भन्नुभएपछि मैले माधव नेपालजी र रघुजीले सुन्नेगरी फोन खुला राखे । माधव नेपालजीले वालुवाटार रघुजीलाई पनि संगै लिएर आउने कुरा गर्नुहोस् भन्नुभयो । मैले सोही अनुरुप विष्णुजीलाई आग्रह गरे । तर उहाँले तपाई मात्र ७ सात बजे आउनु होस् भन्नु भयो । यो कुरा सबै माधव नेपालजीले सुनिरहनु भएको थियो ।

उहाँको सहमतिमा म वालुवाटार गएर कुरा गर्न तयार भए । कोटेश्वरबाट निस्कदा करिव सवा ६ बजिसकेको थियो । त्यहाँबाट म आफ्नो घर टोखा गएँ । घर पुग्दा सात बजिसकेको थियो । घरमा खाना ढिलो हुने भएकोले मैले विष्णुजीलाई फोन गरेर म ८ बजेतिर मात्र पुग्ने खबर गरिदिन आग्रह गरे । खाना खाएर तयार हुँदा करिव ८ बजिसकेको थियो । खाना खाएर म बालुवाटार पुग्दा करिव ८ बजेर १५ मिनेट भएको थियो । यस्तो तथ्यलाई बग्याएर म माधव नेपालजीको निवासबाट ८ बजे निस्केको र आधा घण्टा गायब भएर पौने ९ बजे बालुवाटार पुगेको र वीचमा होटल मैरियट गएको भन्ने मनगढन्ते समाचार लेखेर मेरो

देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घणित प्रपञ्च गरिएको भयो ।

मैले कार्यदल बालुवाटार पुगेको केही समयपछि मेरी प्रधानमन्त्रीसंग कुरा औपचारिकरुपमा पुनर्जीवित भएपछि मात्र वार्तामा सामेल हुने कुरा गरे । उहाँले कार्यदललाई औपचारिकरुपमा आरम्भ गर्ने बचन दिनुभएपछि म बाताका लागि तयार भए । कुरा सकिएपछि म सोम घर फर्के । यो सबै कुरा भोलिपल्ट मैले माधव नेपालजीलाई जानकारी गराएको थिए । वाता अगाडि बढाउन उहाले सहमति जनाउनु भएको थियो । यस्तो तर्थ्यावपरीत मुनियोजित र प्रायोजित किसिमले मेरो राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण कुप्रचार र दुस्प्रयासको धार भत्सना गर्दछ ।

यो प्रायोजित समाचार केही षडयन्त्रकारीहरुले तयार गरी विभिन्न समाचार माध्यममा वितरण गरेको देखिन्छ । म, प्रम ओली र वरीष्ठ नेता माधव नेपालजीका बीच असार २३ गते भएको वार्ताका दिनमात्र होटल मरियट अन्य पाँचजना नेताहरुसगै गएको हुँ । अन्य कुनैपनि दिन त्यहाँ गएको छैन । असार २० गते म त्यहाँ गएको प्रमाणित गर्न मठा समाचार लेखेर जनमानसमा भम फैलाउन खोज्नेहरुलाई चुनौति दिन्छ ।

अझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव गरेकोले म नरम भएको भन्ने कपोलकल्पित समाचार छापको देख्दा यो सुनियोजित षड्यन्त्रपूर्ण कुप्रचार भएको स्पष्ट हुन्छ । मलाई त्यस्तो कुनै प्रस्ताव प्रधानमन्त्री केपी ओलीले राख्नुभएन । बरु मेरो उहाँसग अडानयुक्त वाता भएको हो । मैले पार्टी एकता र राष्ट्रिय हितमा जोड दिएको थिए । कतिपय नेताहरुमा जस्ता जतिवेला पनि पदकै ध्याउन गर्नमा मेरो कुनै अभिरुचि छैन ।

म वरीष्ठ नेता माधवकुमार नेपालजीको निवासमा असार २० गते साँझ गएको कुरा उहाँ र रघुजी पन्तलाई मात्र थाहा थियो भने वालुवाटार गएको कुरा उहाँहरु दुईजना, प्रधानमन्त्री केपी शर्मा ओली र विष्णुप्रसाद पौडेललाई मात्र थाहा थियो । यस्तो स्थितिमा उक्त प्रकारको मनगढन्ते समाचार कसरी प्रचार भयो मलाई आश्चर्य लागेको छ । शायद यो नेपाली राजनीति सत्ताको फोहरी खेल तथा षडयन्त्रले भरिएको तथ्यको परिचायक होला । मेरो बिरुद्ध उक्त प्रकारको प्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गदा कार्यदलमा नेकपा एमाले लाई विभाजनबाट रोक्नको लागि प्रयास नगर्न केही राजनीतिक

दलका नेताहरुबाट मलाई आएका दवाव र धम्कियुक्त फोनको स्मरण हुन्छ ।

साथै नेकपा एमाले कतै विभाजनबाट रोकिने पो भयोकि भनी कतिपयलाई देखिने र लागिरहेको रिगटाको पदा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ । पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामु घुडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको अटो प्रचार घृणित तहमा झरेर गरेका हुन् । यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी फुक्ने छैन । देशघाती र जनघातीहरुका कपचारबाट म रत्तिभर विलित हुनेछैन ।


सम्बन्धित खबर