Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

आफू विदेशमा हुँदा श्रीमती गर्भवती भएको भन्दै रंगेलीमा नवजात शिशुको हत्या

2021-07-14 02-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : आफ्नो छोरी नभएको भन्दै मोरङमा एक दम्पतीले नवजात शिशुको हत्या गरेका छन्। मोेरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलमा नवजात शिशुको हत्या भएको हो।

‘आफू विदेशमा हुँदा श्रीमती गर्भवती भएको र जन्मेको सन्तान आफ्नोे नभएको भन्दै नवजात शिशुको हत्या गरेको देखिएको छ,’ मोेरङ जिल्ला प्रहरी कार्यालयले भनेको छ। आइतबार खुश्वु मण्डलको कोखबाट छोरी जन्मेकी थिइन्।

जन्मेपछि बाबुआमाले नै ब्ल्याङ्केटले घाँटी थिचेर शिशुको हत्या गरेको प्रहरीले बताएको छ। शिशुकोे हत्या गरेपछि उनीहरुले रंंगेली नगरपालिका–५ चाँदनी चोकमा आफैंले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डोे खनी गाडेको प्रहरीले जनाएको छ।

प्रहरीले आमा खुश्वु मण्डलसहित चार जनालाई पक्राउ गरेकोे छ। पक्राउ पर्नेहरुमा २५ वर्षीया खुश्बु, उनका बुवा ५० वर्षीया नागेश्वर मण्डल, ४८ वर्षीया आमा उर्मिला मण्डल र खुश्बुका श्रीमान् २८ वर्षिय अरुण मण्डल छन्।

अरुण मण्डल विदेश रहेको समयमा खुश्वुकोे गर्भ बसेको भन्दै मण्डलसहित सबैको मिलेमतोमा नवजात शिशुको हत्या गरिएको प्रहरीको जनाएको छ। प्रहरीले पक्राउ परेका सबैलाई अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका चारै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय