Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

गण्डकीमा एमाले सांसदद्वारा बैठक अवरोध, टेबल फालाफाल

2021-07-14 05-07 | Hamro Biratnagar                  

A+ A A-

कास्की । बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठक अवरोध सिर्जना गरेका छन् । उनीहरूको अवरोधका बीच प्रदेशसभामा बजेट भने पारित भएको छ ।

सांसदहरू उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भनेका थिए । उनले केहीबेर सभासमेत स्थगित गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।

बजेटमाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिनुपर्ने कार्यसूची रहेपनि सो अनुसार प्रक्रिया अघि नबढेको भन्दै एमाले सांसदले सदनभित्र नारावाजीसमेत गरेका छन् ।

सोक्रममा मर्यादापालहरूले भने केही बलसमेत प्रयोग गरेका थिए । नेपालप्रेसबाट


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय