Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतले वृद्धि

2021-07-14 07-07 | Hamro Biratnagar                  

File Photo
A+ A A-

काठमाडौँ, ३० असार : यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।

दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताउनुभयो । विसं २०७२ यता भाडादर बढाइएको थिएन । उहाँले भन्नुभयो, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।”


सम्बन्धित खबर