Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

निवर्तमान प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे सरकारी सुविधा फिर्ता

2021-07-14 07-07 | Hamro Biratnagar                  

तस्विर : सूर्य थापाको ट्विटरबाट
A+ A A-

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी सुविधा फिर्ता गरेका छन् ।

आज थापाले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सरकारी गाडी, ल्यापटप लगायतका सरकारी सामान फिर्ता गरेका हुन् । थापाले सामाजिक सञ्जाल ट्विटरबाट आफूले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रूपमा विगत २० महिनादेखि सम्हाल्दै आएको जिम्मेवारीबाट विदा लिएको बताएका छन् । साथै उनले प्रयोग गरेको सरकारी गाडी र ल्यापट पनि फिर्ता गरेका बताएका छन् ।

थापा २०७६ कात्तिकमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएदेखि नै बा २ झ १३२१ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आइरहेका थिए ।


सम्बन्धित खबर