Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

इलाममा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको निधन

2021-07-15 10-07 | Hamro Biratnagar                  

- सांकेतिक तस्वीर -
A+ A A-

मङ्गलबारे, ३१ असार : मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो । आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उहाँको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते हुनुभएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय