Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

चितवनबाट हराएकी १९ वर्षीय युवती ३० दिनपछि बारामा फेला

2021-07-15 11-07 | Hamro Biratnagar                  

A+ A A-

३१ असार, काठमाडौँ । चितवनबाट हराएकी १९ वर्षीय युवती ३० दिनपछि बारामा फेला परेकी छिन ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ बस्ने किरण चन्द्र तिवारीको छोरी दीपशिखा तिवारी बुधबार बारामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दिपशिखा हराएपछि उनका बुबा किरणचन्द्रले गत वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजतलासका लागि निवेदन दिनुभएकोि थियो । बुधबार दिपशिखा भेटिएपछि प्रहरीले बुबा किरण चन्द्रलाइ जिम्म लगाएको छ । प्रहरीले दिपशिखाको खोजीमा सादा पोशकका प्रहरी परिचालन गरेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय