Premier Cables

विराटनगर

दिल्ली पब्लिक स्कुलले इन्टर-स्कुल फुटबल रनिङ कप २०८२ गर्दै

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर ५ मा अवस्थित दिल्ली पब्लिक  इन्टरनेसनल स्कुलले बुधबार देखि इन्टर–स्कुल फुटबल रनिङ कप २०८२ आयोजना गर्ने भएको छ। तेस्रो संस्करणका रूपमा हुन लागेको यस प्रतियोगितामा कोशी प्रदेशका ९ र भारतको १ गरी जम्मा १० विद्यालय सहभागी हुनेछन्।

विद्यालयले विद्यार्थीलाई खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकास गराउने उद्देश्यले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ। प्रतियोगिता दिल्ली पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ, जहाँ कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्।

विज्ञापन

प्रतियोगितामा सनसाइन बोर्डिङ स्कुल, बिकेबिएम स्कुल, माउन्ट जेउम स्कुल (भारत), दिल्ली पब्लिक स्कुल, कोशी मोडेल स्कुल, अर्पण स्कुल, गोदावरी स्कुल, आरम्भ विद्या मन्दिर सुनसरी, निधि सेकेन्डरी स्कुल झापा र एजलिया स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

खेल संयोजक सुमित डंगोलका अनुसार प्रतियोगितामा सहभागी हुन प्रत्येक विद्यालयले ६ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

बुधबार हुने उद्घाटन खेलमा आरम्भ विद्या मन्दिर झापा र निधि सेकेन्डरी स्कुल सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। खेलाडीको उमेर समूहलाई मध्यनजर गर्दै प्रत्येक खेल ३०–३० मिनेटको हुनेछ।
प्रतियोगिताको फाइनल खेल पुस ७ गते दिल्ली पब्लिक स्कुलकै खेल मैदानमा हुने आयोजकले जनाएको छ।

यसअघि सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि मोडर्न एराले जितेको थियो भने दोस्रो संस्करणको विजेता आयोजक दिल्ली पब्लिक स्कुल बनेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka