Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सुनसरीमा पुनः १० दिन निषेधाज्ञा थप, सार्वजनिक सवारीसाधन चल्न पाउने

2021-07-15 07-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरीमा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ ।

थपिएको निषेधाज्ञा आगामी साउन १० गतेसम्म लागू हुने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले साउन १ गते देखि लागु हुने गरी साउन १० गते राति १२ बजे सम्म खुकुलो गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्नुपर्ने र अत्यावश्यक काम नपरी घर बाहिर निस्किन नपाइने, सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले कार्यालयमा भिडभाड नहुने गरी आलोपालो प्रणाली अपनाई नियमित सेवा प्रवाह गर्ने, पसल तथा व्यवसाय सञ्चालनका हकमा औषधी र स्वास्थ्य सामाग्री, इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, खाना पकाउने ग्यास) खाद्यान्न (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष), तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबीजन बिक्री गर्ने पसलहरू दिनै भरी सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय