Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात

2021-07-16 11-07 | Hamro Biratnagar                  

A+ A A-

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ ।

महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । स्वास्थ्यकर्मीले भने, “उहाँ सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।”

प्रेस संयोजक बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय