Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा

2021-07-16 12-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।

वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला अध्यक्ष ओलीलाई भेट्न भन्दै च्यासल पुगेका हुन् । अर्का नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताए । भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय