Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

एमाले बैठक- १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

2021-07-16 01-07 | Hamro Biratnagar                  

A+ A A-

एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।

बैठकले कार्यदलाई धन्यवाद दिदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । दश सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय