Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

प्रदेश २ का प्रमुख अहिराजले दुई विधेयक प्रमाणीकरण गरे, दुई फिर्ता पठाइए

2021-07-16 02-07 | Hamro Biratnagar                  

A+ A A-

प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् ।

प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’  प्रमाणीकरण गरिएको हो ।

त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन् ।

डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय