Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

2021-07-16 05-07 | Hamro Biratnagar                  

A+ A A-

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

'संविधानको धारा र उपधाराको अपव्याख्या गरेर लोकतन्त्रलाई उपहास गरी निर्दलीय व्यवस्थालाई अग्रसर गराएकाले यसमा आपत्ति प्रकट गर्दै जनताबीच भण्डाफोर गर्ने निर्णय गरेको छ,' उनले भने ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूलाई आगामी बैठकमा उपस्थित गराउने वातावरण समेत निर्माण गर्ने निर्णय गरेको भट्टराईले बताए । 'कार्यदलको सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन भइसकेको छ । यो साझा सहमतिको दस्तावेज हो । आजको बैठकमा असन्तुष्ट पक्षका साथीहरू उपस्थित नभए पनि आगामी बैठकमा उहाँहरू उपस्थित हुने वातावरण निर्माण हुने संसदीय दलका नेताले बताउनुभएको छ,' भट्टराईले भने ।

संसदमा एमालेको प्रतिपक्षी भूमिकाबारे समेत छलफल भएको भट्टराईले बताए । सदनको बैठकमा एमालेले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई राहत र घाइतेको नि:शुल्क उपचारका निम्ति सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै खोपको उचित वितरणका लागि पनि सरकारलाई ध्यानाकर्षण गराइने निर्णय बैठकले गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय