Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

2021-07-16 07-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण गरेको छ । विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योग परिसरमा २ सय ८५ वटा विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।

त्यस्तै क्लबका सदस्यहरुको उद्योग पशुपति खाद्य तेल उद्योग प्रा.लि., एसियन विस्कुट एण्ड कन्फेक्सनरी पा.लि., हुलास मोटर्स प्रा.लि लगायतका उद्योग परिसरमासमेत बृक्षारोपण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

बृक्षारोपण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा, सर्भिस प्रोजेक्ट चेयर गिरिजा सारडालगायत क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

अब साउन महिनमाभरी बृक्षारोपण कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय