Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

2021-07-17 11-07 | Hamro Biratnagar                  

A+ A A-

महेन्द्रनगर, २ साउन : कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताउनुभयो । “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।”


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय