Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

2021-07-17 12-07 | Hamro Biratnagar                  

A+ A A-

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल निकटका दोस्रो तहका नेताहरू उपस्थित थिए । एमाले कार्यादल भंग भइसकेको छ । स्थायी कमिटीको शुक्रबारको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग गरेको हो ।

बैठकबारे जानकारी दिँदै नेता गोकर्ण विष्टले आम कार्यकर्ता पंक्तिको चाहना अनुरुप पार्टीलाई एकतावद्ध बनाउन शीर्ष नेतालाई दबाब दिने निष्कर्षमा दोस्रो तहका नेताहरू पुगेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय