Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

2021-07-17 12-07 | Hamro Biratnagar                  

- काेराेना भाइरस । सांकेतिक तस्वीर -
A+ A A-

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. पौलले यस्तो बताएका हुन् । आगामी जुलाईसम्म ५० करोड डोज खोप लगाइसक्ने योजना रहेको पनि उनले जनाए । यसका लागि ६६ करोड डोज कोभिसिल्ड र कोभ्याक्सिन खोप खरिद गरिएको पनि उनले जनाए ।

अगस्ट अन्त्यसम्म भारतमा तेस्रो वेभ सुरु हुनसक्ने पौलको आंकलन छ । भारतको संक्रमण दरमा उल्लेख्य गिरावट आउन नसकेको बताउँदै उनले यसबीचमा रोकथामका प्रयत्न नभए तेस्रो लहर सुरु हुने उनको भनाई छ ।

‘भाइरस अहिलेपनि हामी वरपर छ । केही जिल्ला र राज्यमा पनि अहिले स्थिती जोखिमपूर्ण छ । हामी यो समयमा निकै सचेत हुनुपर्छ किनभने पुनः संक्रमण बढ्न सक्छ । यो हाम्रा लागि खतराको घण्टी पनि हो’ पौलले भने, ‘परिस्थिती अहिले नियन्त्रणमा छ तर, भविष्यमा बाहिर जान सक्छ । परिस्थितीलाई कता लैजाने छ भन्ने हाम्रो हातमा छ ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय